जिल्ला अस्पताल डोल्पाले खरिद गरेको एम्बुलेन्स सुर्खेतमै थन्किएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको बजेटमा खरिद गरिएको एम्बुलेन्स ढुवानी भाडा नभएपछि सुर्खेतमै थन्किएको हो ।
एम्बुलेन्स खरिदका लागि मन्त्रालयले पन्ध्र लाख वछुट्याएको थियो । १२ डोजर खरिद गरिएको हो । ‘बाँकी तीन लाख बजेट फ्रिज भएपछि डोल्पासम्म पुर्याउन भाडा अभाव भयो,’ जिल्ला अस्पताल डोल्पाका प्रमुख सिजन रावलले भने, ‘डोल्पा पुर्याउने ढुवानी रकम जुटाउन मन्त्रालयमा पहल गरिरहेका छौँ, तर बजेट प्राप्त भएको छैन ।
भाडाको चाँजोपाँजो भए हेलिकोप्टर वा सडक मार्गको माध्यमले तत्कालै एम्बुलेन्स डोल्पा लगिने उनले बताए । एम्बुलेन्स खरिद भएर सुर्खेत पुगेको तीन साता बितिसकेको छ । यस्तै, अवस्था रहे एम्बुलेन्स डोल्पा पुग्न अझै केही महिना कुर्नुपर्ने नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
