काठमाडौँ, भदौ १७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्र्देशन दिएको छ ।
पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने सो अस्पताललाई मन्त्रालयले आज सो निर्देशन दिएको हो । अस्पतालका अनुसार अहिले अस्पतालमा २४ जना सो रोगका बिरामी उपचारत छन् ।
स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले अस्पतालको आज निरीक्षणका क्रममा सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र यहाँ आएका बिरामीलाई अन्यत्र ‘रिफर’ नगर्नसमेत निर्देशन दिनुभयो ।
सो अवसरमा उहाँले डेङ्गु रोगलगायत अन्य रोगका उपचाररत बिरामीलाई भेट गरी सेवाका बारेमा जानकारीसमेत लिनुभएको थियो । अस्पतालमा आज मात्र ५२२ जनाले डेङ्गु रोगका बारेमा परीक्षण गराएको निर्देशक चिकित्सक वासुदेव पाण्डेले जानकारी दिनुभयो । रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेङ्गु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको छ ।
उहाँले भन्नुभयो, “अस्पतालले आजबाट छुट्टै ‘फिबर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ । सो क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेका छौँ ।”
सो अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक चिकित्सक सुशीलनाथ प्याकुरेलले डेङ्गु रोग नियन्त्रण गर्न उपचारात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनुभएको थियो । रासस
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
