जनस्वास्थ्य सरोकार, टोखा । काठमाडौंको बसुन्धरास्थित चियायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटले टोखा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ७ सय व्यक्तिले लाभ लिन सफल भएका छन् । बिद्यार्थी, फ्याकल्टी स्टाफ र अभिभावकको स्वास्थ्य परीक्षणका लागि टोखा, ८ मिलनचोकमा रहेको विद्या कुञ्ज सेकेन्डरी स्कुलमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा ४ जना मेडिकल अफिसर, ६ जना स्टाफ नर्स, अस्पतालका प्रशासकनीय अधिकृतसहित ११ जनाको टोलीले सेवा उपलब्ध गराएको थियो । शिविरका सहभागीहरुलाई निःशुल्क शारीरिक परीक्षण , रक्तचाप परीक्षण र निःशुल्क औषधिसमेत वितरण गरिएको अस्पतालका निर्देशक चण्डेश्वर बैद्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
