
जनस्वास्थ्य सरोकार, भाद्र २८ गते, पोखरा । काठमाडौंको सुविधासम्पन्न ह्याम्स हस्पिटलले राजधानी बाहिर पोखरामा पहिलोपटक गम्भिर प्रकृतिका रोग लागेपछि अपनाइने सघन उपचार पद्धति, पक्षघातलगायतका विविध विधामा स्थानीय चिकित्सक र नर्सहरुलाई सि.एम.ई. तालिम उपल्ध गराएको छ । पोखराको सांग्रिला भिलेजमा आयोजना गरेको सो सि.एम.ई. कार्यक्रममा बरिष्ठ चिकित्सक डा.अनुप राज सुवेदीले मानव शरीरमा हुनसक्ने विभिन्न संक्रमणलगायतको अनुसन्धानमुलक प्रवचन दिनुभयो । सो अवसरमा डा.मनोज बोहोराले पक्षघातको समयमा अपनाउनुपर्ने विविध प्रक्रियाबारे प्रस्तुति दिनुभयो । यसैगरी डा.विराज पराजुलीले डेङ्गी रोग र गम्भिर प्रकृतिका समस्यामा अपनाउनुपर्ने सघन उपचार सेवाबारे महत्वपूर्ण प्रस्तुति दिनुभएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा.बुद्धिबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो सिमई कार्यक्रममा भाग लिन पोखराका विभिन्न अस्पतालहरुमा कार्यरत बरिष्ठ चिकित्सक, नर्सका साथै उद्योग बाणिज्य संघका पदाधिकारी, होटल व्यवसायी संघका पदाकिारी, राजनीतिक व्यक्ति एवं स्थानीय पत्रकारहरुले भाग लिएका थिए । सो अवसरमा अस्पतालबाट प्रा.डा. भगवान कोइराला, प्रा.डा. अर्जुनबहादुर कार्की अस्पतालका अध्यक्ष रामशरण भण्डारी र अस्पतालका मेडिकल डाइरेक्टर डा. भास्कर राज पन्तलगायत वरिष्ठ चिकित्सकहरुको उपस्थिति रहेको थियो ।
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
