जनस्वास्थ्य सरोकार, काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्सले) यस वर्षको लागि खुलाएको पोस्ट ग्राजु्यट तर्फको प्रवेश परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । न्याम्सले भोली (शनिवार) को लागि प्रवेश परीक्षा मिति तय गरेको थियो । स्रोतका अनुसार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको ठाडो आदेशमा प्रवेश परीक्षा रोकिएको हो । शुक्रवार बसेको न्याम्स पदाधीकारीहरुको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । मन्त्री यादवले सहकुलपतिको हैसीयतमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी तत्काल परीक्षा स्थगन गर्न पत्रचार गरेका छन् । पत्रमा आवेदन खुलाइएको समय र परीक्षाको समय चाँडो भएको हुँदा इच्छुक सबैले प्रवेश परीक्षामा भाग लिन नपाएको भन्दै तत्काल रोक्न लिखित आदेश दिएका हुन् । मन्त्रीको लिखित आदेश आएसंगै शुक्रवार न्याम्स पदाधीकारीहरुको बैठक वसेको एक सदस्यले बताए । परीक्षा दिन भनेर देशभरबाट चिकित्सकहरु काठमाडौं आइसकेका छन् । परीक्षार्थीहरुले परीक्षा पर्झट सार्दा आफुहरुलाइ मर्का परेको भन्दै विरोधको तयारी गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

