[caption id="attachment_12374" align="alignnone" width="2100"]
Blood Transfusion bags[/caption]
Blood Transfusion bags[/caption]
जनस्वास्थ्य सरोकार , बागलुङ : रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र सुधारको अभियान चलाइएको छ। यसै क्रममा बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्र बागलुङका लागि रगत भण्डारण गर्न आवश्यक उपकरण सहयोग गरेको छ।
बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्रमा एकै पटक २०० पोका रगत सुरक्षित भण्डारण गर्न मिल्ने आधुनिक उपकरण (फ्रिज) हस्तान्तरण गरेको छ। रोजगारका लागि बेल्जियममा रहेका बागलुङवासीको पहलमा सङ्कलन गरिएको तीन लाख ७५ हजार रकमबाट उक्त रगत भण्डारण औजार खरीद गरी सहयोग गरिएको बागलुङ समाज बेल्जियमले जनाएको छ।
रक्त सञ्चार केन्द्रलाई थप व्यवस्थित गराउने अभियानअन्तर्गत रगत भण्डारण औजार सहयोग भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका कार्यवाहक सभापति राजेन्द्र आचार्यले जानकारी दिए।
आचार्यका अनुसार बागलुङ रक्त सञ्चार केन्द्र सुधार परियोजनाअन्तर्गत एनआएन नेदरल्याण्डले थानेश्वर कँडेलको संयोजनमा ११ लाख रूपैयाँको एम्बुलेन्ससमेत सहयोग प्रदान गरेको छ।
यस्तै रक्तसञ्चार केन्द्रको ल्याबलाई अत्याधुनिक बनाउने र सेतो रगतसमेत उत्पादन गर्ने उद्देश्यअनुसार २४ लाख रूपैयाँ बराबरको ३६ प्रकारका अत्याधुनिक उपकरण हस्तान्तरण हुने प्रक्रियामा रहेको नेपाल रेडक्रस सोसाइटी बागलुङले जनाएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

