जनस्वास्थ्य सरोकार, जुम्ला : कनकासुन्दरी गाँउपालिकाको स्वास्थ्य शाखाले म्याद गएको भन्दै खोलामा औषधि फालेको छ। आ.व. ०७५\७६को वार्षिक कार्यक्रममा खरिद गरेको क्षेत्रीय स्वास्थ्य मेडिकल स्टोर र जिल्ला अस्पताल जुम्लाबाट गाँउपालिकामा आएको हजारौँ मूल्य बराबरको औषधि समयमा स्वास्थ्य संस्थालाई वितरण नगर्दा म्याद सकिएको हो।
कनकासुन्दरी गाँउपालिका नजिकै रहेको खोलामा मेट, ओबिचेक ५००, सिटामोल, ब्रुफिन, स्लाइनपानीका निडल, पाइप, सुईका निडल, जीवनजल, एन्थर २५०, एभसमका साथै अस्थायी बन्ध्याकरणका सामान कण्डम पिल्सलगायत सयौँ प्रकारका औषधि १० बटा बोरामा हालेर खोलामा फलिएको छ। अन्य औषधि खोलाको किनारमा जलाइएकाे छ।
क्षेत्रीय मेडिकल नेपालगञ्जबाट पठाएको औषधीको म्याद थोरै भएको र सोही औषधीको म्याद गएर खोलामा फालिएको हुनसक्ने गाउँपालिकाले बताएकाे छ। गाँउपालिका भर रहेका स्थास्थ्य सस्थामा औषधीको अभाव हुँदा स्थानीय बिरामी पर्दा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका छन्। गोठिज्यूला, नरकोट, कोटघर, गोच्चौरस्थित निजी मेडिकलमा चर्को मूल्य तिरेर औषधि किन्नु परेको स्थानीयवासीको गुनासोे छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ


