जनस्वास्थ्य सरोकार, काठमाडौँ । शल्यक्रिया गरिएकी बिरामीको मृत्युको विषयलाई लिएर चितवन मेडिकल कलेजमा भएको हिंसात्मक र अप्रत्यासित घटना प्रति नेपाल चिकित्सक संघले निन्दा गरेको छ ।
संघले सोमबार प्रेश विज्ञप्ती निकाल्दै अत्यन्तै अमानविय अपराधिक गतिविधिहरु गरि शान्तिपुर्ण वातावरणमा काम गर्ने गराउने वातावरणलाई नै खलल पु¥याइएको भन्दै आपत्ति जनाएको छ ।
संघका महासचिव डा. लोचन कार्कीले चिकित्सकहरुलाई अपराधकर्मीले लखेटी लखेटी शरीरिक हातपात तोडफोड गर्ने जस्ता जघन्य अपराध हुनुले स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण नभएको र यसबाट उत्पन्न परिस्थितिप्रति चिकित्सक तथा स्वास्थ्यकर्मीहरु जीम्मेवार हुन नसक्ने बताउनुभएको छ । उहाँले चितवनमा भएको चिकित्सक एवं स्वास्थ्यकर्मीहरु र नेपाल चिकित्सक संघ चितवन शाखालाई यस्ता अपराधिक क्रियाकलापको सशक्त विरोध गर्न आग्रह समेत गर्नुभएको छ । संघले यस्ता जघन्य अपराधमा संलग्न भएका ब्यक्तिहरुलाई चाडोभन्दा चाँडो कारबाही गर्न माग समेत गरेको छ ।
नवलपुरको कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा मृत्यु भएको थियो । कलेजको लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले तोडफोड गरेका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सर्पदंशबाट महेश यादवको मृत्यु प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन
बुधबार, असोज २८, २०८३
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता
बुधबार, असोज २८, २०८३
मापदण्ड नपुगेका ४७ प्रकारका औषधिको अनुमति रद्द (सूचीसहित)
बुधबार, असोज २८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह-निर्देशकमा डा. खनाल, सहायक मेट्रोनमा न्यौपाने
मंगलबार, असोज २७, २०८३
चितवनमा स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या २३४ पुग्यो, महिलामा बढी सङ्क्रमण
मंगलबार, असोज २७, २०८३ट्रेन्डिङ
३
५
