जनस्वास्थ्य सरोकार, बिराटनगर । अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर बिरुद्धको जनचेतना महिनाको रुपमा मनाईदै आएको छ । यसै सन्दर्भमा बिराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले प्रदेश नम्बर १ का मोरङ्ग र सुनसरी जिल्लाका महिला स्वास्थ्य स्वम्यसेविकाहरुका लागि एकदिने निःशुल्क स्तन क्यान्सर परीक्षणका साथै उनीहरुको सीप अभिवृद्धिको लागि स्वयम् स्तन परीक्षण बिधि सम्बन्धि तालिमको आयोजना गरेको छ । यस तालिम कार्यक्रममा ३ सय जना महिला स्वास्थ्य स्वयमसेविका लगायत, चिकित्सक, नर्स, फ्याकल्टी, चिकित्सा बिद्यार्थी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका कम्युनिटी फिजिसियन असिस्टेन्ट प्रोफेसर डा. सूर्य पराजुलीले स्तन क्यान्सरको अहिलेको अवस्था, सम्भावित कारणहरु, लक्षण तथा चिन्हहरु र हुनसक्ने जोखिमको बारेमा तालिममा सहजीकरण गर्नुभयो । यसैगरी वरिष्ठ प्याथोलोजिस्ट असोसिएट प्रोफेसर डा. सन्तोष उपाध्याय काफ्लेले स्तन क्यान्सरको जाँच गर्ने बिभिन्न बिधिहरुको बारेमा स्पष्ट पार्नुभयो । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डा. सुलभ सापकोटाले क्यान्सरको उपचार बिधि, स्वयम् स्तन परीक्षण विधिको बारेमा प्रष्ट पार्नुभयो । स्तन क्यान्सर समयमै पहिचान गर्न सकेमा यसबाट हुनसक्ने मृत्युलाई न्यून गर्न सकिन्छ । उपचार पद्धतिमा भएको नविनतम उपलब्धि र उपचार उपलब्धता भए पनि महिलाहरु उपचार केन्द्र सम्म नआउनु स्तन क्यान्सर रोकथाम तथा उपचारमा एउटा चुनौति देखिएको छ । कैयौ स्तन क्यान्सर भएका महिलाहरु बिभिन्न कारणले अझै पनि समुदायमा रहेकाले स्तन क्यान्सर उपचारका लागि खुलेर बाहिर आउन डा. पराजुलीले आव्हान गर्नुभयो । विराट मेडिकल कलेज शिक्षण अस्पताले अब यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै यस क्षेत्रमा जनचेतना बढाउने काममा अझ शसक्त हुने जानकारी अस्पतालका प्रशासक पदम विनाडीले बताउनु भयो ।
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
