जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज बिहान ९ बजे अस्पताल ल्याइएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ नेफ्रोलोजिष्ट प्रा.डा. दिव्या सिंह शाहको टिम प्रधानमन्त्री ओलीको उपचारमा खटिएको छ । प्रधानमन्त्री ओलीको सघन उपचार कक्षमा भर्ना गरेर उपचार भइरहेको छ । अस्पतालका निर्देशक एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था समान्य रहेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीलाई ज्वरो, टाउको दुख्नेलगायतका विभिन्न समस्याहरु देखिएकाले थप परीक्षणहरु भइरहेको जनाइएको छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ सालमा भारतको एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि नियमित औषधि सेवन गर्दै आउनुभएका ओलीको स्वास्थ्यमा बेलाबेलामा समस्या देखिने गरेको छ । गत भदौको पहिलो साता सिंगापुरमा दुई हप्ताको अवधि लगाएर प्लाज्माफेरेसिस गराइएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
