जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार (कात्तिक १४) दोस्रो डायलाईसिस गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई बुधबार (कात्तिक १३) गते बिहान ९ बजे धापासीस्थित ग्रान्डी अस्पताल पुर्याइएको हो । अति सघन उपचार कक्ष (आईसियू) मा राखेर उपचार भइरहेको र डायलाईसिसको क्रममा संक्रमण भएपछि उहाँको बिहीबार पनि डायलाईसिस सम्पन्न भएको छ । प्रधानमन्त्रीकी निजी चिकित्सक वरिष्ठ मिर्गौला विशेषज्ञ प्रा.डा. दिव्या सिंहलगायतका चिकित्सक टोली उहाँको उपचारमा संलग्न छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले मन्त्री र नेताको भिड कम गर्न आईसियूमा राखेको बताउनुभएको छ ।
बुधबार अपरान्ह प्रधानमन्त्री भेट्न पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको २ पटक डायलाईसिस भइसकेको बताउनुभएको छ । नियमित डायलाईसिस गर्ने वा नगर्ने भन्ने बारे चिकित्सकहरुले जानकारी बाहिर ल्याएका छैनन् । प्रधानमन्त्री आज बालुवाटार फर्कनसक्ने सम्भावना रहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य वस्थाबारे सर्वत्र चिन्ता र चासो बढिरहँदा स्वास्थ्य परीक्षण तथा उपचारको वास्तविक अवस्था बाहिर नल्याउनुलाई आश्चर्य मानिएको छ । प्रधानमन्त्री ओली ग्रान्डीको १४ औं तलाको आईसियूमा राखिएको छ ।
प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आउनुभएको छ ।
भदौंको पहिलो साता प्रधानमन्त्री ओलीको सिंगापुरमा २ हप्ताको समय लगाएर प्लाज्माफेरेसिस गराइएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
