जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अहिले उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उहाँको बिहीबार (कात्तिक १४) दोस्रो डायलाईसिस गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई बुधबार (कात्तिक १३) गते बिहान ९ बजे धापासीस्थित ग्रान्डी अस्पताल पुर्याइएको थियो । अति सघन उपचार कक्ष (आईसियू) मा राखेर उपचार गराइएको र डायलाईसिसको क्रममा संक्रमण भएपछि उहाँको बिहीबार दोस्रो डायलाईसिस गरिएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक वरिष्ठ मिर्गौला विशेषज्ञ प्रा.डा. दिव्या सिंहलगायतका चिकित्सक टोली उहाँको उपचारमा संलग्न थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
