जनस्वास्थ्य सरोकार, काठमाडौँ १५ कात्तिक । विश्वभर हुने पाँच आत्महत्यामध्ये एउटा कीटनाशक विषादी सेवन गरेर हुन्छ । अर्थात एक वर्षमा एकलाख भन्दा बढी । श्रीलङ्काले केही अतिहानिकारक विषादीलाई प्रतिवन्धित गरेको छ । त्यसबाट आत्महत्याको सँख्यामा उल्लेखनिय कमी आएको छ । सन् १९९५ देखि २०१५ सम्म आत्महत्याको सँख्यामा ७० प्रतिशतले घटेको थियो । अर्थात ९३ हजार जनाको ज्यान जोगिएको थियो । सन् १९८० र १९९० को दशकमा श्रीलङ्कामा आत्महत्याको दर उच्च थियो । त्यो अवधिमा आत्महत्या गर्ने मानिसमध्ये दुइ तिहाइले कीटनाशक विषदी प्रयोग गरेका थिए ।
टक्सिकोलजी एकाइ प्रमुख डा. एन मधुवन्ती हेट्टिआराच्ची भन्छिन् –‘मैले १९९९ मा काम थाल्दा यस्ता घटना एकदमै धेरै हुन्थे । अनि मैले त्यस्ता विष खाएकाहरुले निकै दुःख पाएर ज्यान गुमाएको देखेकी छु ।’ उनले थपिन्– ‘२० वर्ष कटेका एक युवक थिए । यदि मैले विख नखाएको भए यस्तो हुने थिएन भन्दैगर्दा उनको सास रोकियो । यि शब्द म अझै सम्झिन्छु ।’ त्यो एकदमै आकस्मिक निर्णय थियो । उनी आमाबुबालाई तर्साउन चाहान्थे ।
आमासँग झगडा परेपछि प्रमितले पनि विषादी सेवन गरेका थिए । प्रमितकी आमा मुदियान्सेगे कान्तिलता भन्छिन् –‘मकहाँ आएर ‘क्षमा गर्नुहोस् आमा’ भन्दै उनी सँघारमा बसे । मैले उनको टाउको र अनुहार छुँदै भने ‘छोरा तिमी किन यति दुःखी छौँ ? ’ उनले केहि पनि भनेनन् । कान्तिलताले उनलाई हतारहतार अस्पताल लिएर गए । चिकित्सकहरुले उपचार सुरु गरे ।
श्रीलङ्कामा चार जनामध्ये एक जना कृषिकर्ममा संलग्न छन् । साना किसानहरु राम्रो बालीका लागि कीटनाशक विषदीमा भर पर्छन् । केहि किसान सुरक्षित रुपमा विषदीको भण्डारण गर्छन् । सन् १९९० को दशकयता कीटनाशक विषदी सेवन विश्वभरि आधाजतिले घटेको छ । तर विश्व स्वास्थ्य संगठन कीटनाशक विषदीमा थप प्रतिवन्ध चाहन्छ । भारत र नाइजेरिया जस्ता देशले श्रीलङ्काको सिको गरुन् भन्ने संगठनको सुझाव छ । एजेन्सी
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
