
जनस्वास्थ्य सरोकार, सङ्खुवासभा १५ कात्तिक । सङ्खुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ। यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ। निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका सुरक्षित मातृत्व सेवाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा प्रभावित भएको हाे।यही कात्तिक ८ गते एकैसाथ चिकित्सक बिदामा बसेपछि पाँच दिनमा ६ जनाभन्दा बढी गर्भवतीलाई अन्यत्र ‘रिफर’ गरिएको छ।शल्यक्रियाबाट सुत्केरी गराउने सेवा बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ। दुई चिकित्सकमध्ये एक जना घर बिदामा गएका कारण सेवा अवरुद्ध भएको अस्पताल प्रशासन शाखाका दीपेश श्रेष्ठले जानकारी दिए।अस्पतालका दुई चिकित्सकमध्ये एक जना बिदा लिएर घर गएपछि ८ गतेदेखि प्रसूति सेवा अवरुद्ध हुन पुगेको हो। संस्थाले सुरक्षित मातृत्व सेवाका लागि जिल्ला अस्पताल खाँदबारीमा दुई जना चिकित्सक नियुक्त गरेको छ।जिल्ला अस्पतालमा चिकित्सक नभएपछि २४ घण्टे प्रसूति सेवा शुक्रबारबाट ठप्प भएको हो। चिकित्सक नभएपछि प्रसूति सेवा गराउन आउने सेवाग्राही मारमा परेका छन्।अहिले दैनिक पाँच जनाभन्दा बढी प्रसूति सेवा लिन आउने गरेको जिल्ला अस्पतालको तथ्याङ्कमा उल्लेख छ। प्रसूति सेवा लिन सङ्खुवासभा, भोजपुरको षडानन्द नगरपालिका, साल्पा सिलिच्छो गाउँपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबाट समेत आउन गरेका छन्।जिल्ला अस्पतालमा चौबिसै घण्टा प्रसूति सेवा अवरुद्ध भएपछि लाखाँै रकम खर्चेर धरान, विराटनगर र इटहरी जानुपर्ने बाध्यता छ।पाँच दिन दिनदेखि अस्पतालमा प्रसूति सेवा प्रभावित हँुदै आए पनि अस्पतालले चिकित्सक व्यवस्थापनका लागि चासो देखाएको छैन। रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

