जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त हुनुभएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो। काउन्सिलको अध्यक्षमा डा. कोइरालाको नियुक्तीपछि काउन्सिलमा धेरै सुधार हुने अपेक्षा सरकारले गरेको छ । चिकित्सकको आचार संहिता, लाइसेन्स, सिपिडी, नक्कली डाक्टर लगायतका विषयमा सुधारका काम डा. कोइरालाले गर्न सक्ने भन्दै सरकारले उहाँलाई अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ । डा. कोइरालाको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
