
जनस्वास्थ्य सरोकार, काठमाडौँ । दिल्लीमा बढेको वायुप्रदूषणको असर नेपालमा पनि देखिएको छ। यही कारण लुम्बिनी र नेपालगञ्ज क्षेत्रमा वायुप्रदूषणले सीमा नाघेको हो।
यस क्षेत्रको हावामा कणको मात्रा अर्थात् पीएम (पार्टिकुलेट म्याटर) २.५ अत्याधिक रुपमा बढेको वायु गुणस्तर निगरानी शाखाले जनाएको छ। आइतबार दिउँसो लुम्बिनी क्षेत्रको हावामा पीएम–२.५ को मात्र १८५ माइक्रोग्राम पर क्युब मिटर पुगेको हो।
लुम्बिनीमा रहेको वायुप्रदूषण मापन यन्त्रले हावामा १८५ माइक्रोग्राम पर क्युब मिटर पीएम–२.५ को मात्र रहेको रेर्कड गरेको छ। त्यस्तै नेपालगञ्जमा रहेको वायुप्रदूषण मापन यन्त्रले १५७ माइक्रोग्राम पर क्युब मिटर रेर्कड गरेको छ। यसैगरी सिरहामा समेत वायुप्रदूषण बढेको छ।
सिरहामा रहेको मापन यन्त्रले ८६ माइक्रोग्राम पर क्युब मिटर रेर्कड गरेको छ। पश्चिमी वायुको प्रभावले दिल्लीको प्रदूषण नेपालसम्म आइपुगेको विज्ञहरू बताएका छन्। दिल्लीको वायुप्रदूषणले नेपालको पश्चिमी तराई क्षेत्रमा बढी प्रभाव पार्ने वातावरणविद् भूषण तुलाधरले बताए।
‘दिल्लीको प्रदूषणले काठमाडौं क्षेत्रमा प्रभाव पार्दैन भन्ने होइन तर काठमाडौं उपत्यकामा यहाँकै प्रदूषण बढी छ’, तुलाधरले भने,‘दिल्लीबाट आउँले प्रदूषण वायुमण्डलको माथिल्लो भागमा हुन्छ, हामीलाई असर गर्ने प्रदूषण यहाँकै स्थानीय नै हो।’
नेपालको मापदण्ड अनुसार हावामा पीएम–२.५ को मात्रा ४० भन्दा कम हुनुपर्छ। त्यस्तै विश्व स्वास्थ्य संगठनले पीएम–२.५ को मात्रा १० निर्धारण गरेको छ। विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा नेपालको चार गुणा बढी हो।
हावामा मिसिएको सानासाना प्राणघातक कणलाई पीएम–२.५ भनिन्छ। आँखाले देख्न नसकिने यो कण सिधै फोक्सो हुँदै रगतमा पुगेर घातक रोगको स्रोत बन्छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
