नेभिगेशन

ॐ अस्पतालमा बाथरोग उपचार सेवा शुरु

जनस्वास्थ्य सरोsकार, काठमाडौँ । काठमाडौंको चावहिलस्थित ॐ अस्पताल एण्ड रिसर्च सेन्टरले अस्पतालमा पहिलोपटक बाथरोग बिशेषज्ञ सेवा शुरु गरेको छ । अस्पतालले भारतको नयाँदिल्लीस्थित अल इण्डिया इन्सटिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट इन्टरनल मेडिसिनमा एमडी एवं पोष्ट ग्र्याजुएट, इन्सटिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (पिजिआईएमईआर) चण्डिगढबाट क्लिनिकल इम्युनोलोजीमा डिएम गर्नुभएका बाथरोग बिशेषज्ञ डा.साकेत झा बाट सो सेवा उपलब्ध गराउन थालेको हो । अस्पतालले बाथरोगसम्बन्धि उपचारका लागि आगामी बिहिवार (कार्तिक २१) निःशुल्क ओपिडि सेवा प्रदान गर्दैछ । सो दिन ओपिडी सेवा लिने बिरामीहरुका लागि आवश्यक ल्याब परीक्षणमा विशेष छुटको व्यवस्था गरिएको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले बताउनुभयो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट