जनस्वास्थ्य सरोकार, काठमाडौँ । इण्डोयुरोलोजी सम्बन्धी ३७ औं विश्व सम्मेलनमा एक नेपाली चिकित्सकले आफ्नो कार्यपत्र प्रस्तुत गरेका छन् । इमिरेट्स युरोलोजिकल सोसाइटीले युनाइटेड अरब इमिरेट्सको अबु धावीमा कात्तिक १२ देखि १६ गते सम्म आयोजना गरेको विश्व सम्मेलनमा नेपालका सिनियर कन्सल्टेन्ट इन्डोयुरोलोजिष्ट डा.सञ्जय खड्गीले कार्यपत्र प्रस्तुत गरेका हुन् ।
डा. खड्गी मूत्र प्रणाली रोग उपचारमा उत्कष्ट प्रविधि मिनी पि.सि.एन.एल.मा तालिमप्राप्त भई उक्त प्रविधिमा विशेषज्ञता राख्ने नेपालका पहिलो इण्डोयुरोलोजिष्ट हुन् । नेपालमा मिनी पि.सी.एन.एल प्रविधिबाट उनले गर्दै आएका मूत्रप्रणालीको पत्थरी रोगको उपचारबारे सम्मेलनमा जानकारी गराउन अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा आमन्त्रित गरिएको थियो । मूत्र प्रणाली रोग विशेषज्ञमध्ये यो सम्मान नेपाली चिकित्सा इतिहास मै पहिलोपटक प्राप्त भएको हो । सम्मेलनमा मूलतः इण्डोयुरोलोजिकल, ल्यापारोस्कोपिक, रोबोटिक (रोबोटको सहायताले गरिने शल्यक्रिया) र उपचारमा विकसित अन्य नवीनतम् प्रविधिलगायत उपचारमा अपनाइने चिकित्सा व्यवस्थापनबारे वृहत् छलफल गरिएको थियो । साथै एकअर्काबीच अनुभव साटासाट भएको थियो । सम्मेलनमा विश्वभरका मूत्ररोग विशेषज्ञ, रेजिडेण्ट, विशेषज्ञता हासिल गर्दै गरेका चिकित्सकहरू सहित एक हजार भन्दा बढीले सहभागीता जनाएका थिए ।
के हो मिनी पि.सि.एन.एल. ?
मिनी पि.सि.एन.एल मिर्गौला र मूत्र प्रणालीको असामान्य ठूलो र जटिल पत्थरीको उपचारामा प्रयोग हुने प्रविधि हो । यो तुलनात्मकरुपमा सुरक्षित, भरपर्दो, विना ठूलो चिरफार उपचार गर्न सकिने (अर्थात दागरहित) प्रविधि हो । यसको प्रयोगबाट विरामीमा रगतको क्षति अत्यन्तै न्यून हुने, दुःखाई कम हुने, घाउ चाँढै निको हुने, प्रायः सबै पत्थरी हटाउन सकिने र बिरामीको हस्पिटल बसाई पनि निकै कम हुने हुँदा यो प्रविधि विश्वसनीय रहँदै आएको छ ।
को हुन् डा. खड्गी ?
डा. सञ्जय खड्गीले चिनको ग्वाञ्झाओ युनिभर्सिटी अन्तर्गत मिनिमल इन्भेसिभ सेन्टर अफ ग्वाञ्झाओ मा विश्वमै मिनी पि.सि.एन.एल. विधिका प्रवर्तक÷अग्रणी विशेषज्ञ प्रा.डा. चेङ्ग गू.हूसँग इण्डोयुरोलोजी र मिनी पि.सि.एन.एल. विधिमा विशेषज्ञ तालिम लिएका हुन् । उनले नेपालमा सन् २००५ मा मिनी पि.सि.एन.एल. प्रविधि र सन् २०१० मा प्रोस्टेटको उपचारका लागि लेजर प्रविधि पहिलोपटक भित्र्याएका थिए । डा. खड्गीले हालसम्म मूत्र प्रणालीका जटिल पत्थरीका ३ हजार ८ सय भन्दा बढी सफल उपचार गरिसकेका छन् । उनले लेजर विधिबाट करिव २ सय भन्दा बढी प्रोस्टेट रोगको उपचार गरिसकेका छन् ।
केहि समयअघि दुबईमा आयोजित पत्थरी रोग सम्बन्धी ५५ राष्ट्रका विशेषज्ञहरु सम्मिलित पहिलो अन्तर्राष्ट्रिय गोष्ठीमा डा. खड्गीले सर्वोत्कृष्ट पोस्टर प्रस्तुतकर्ताको पुरस्कार समेत हात पारिसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
