जनस्वास्थ्य सरोकार, काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात एउटा महिलाको प्रसुती गराउने क्रममा शिशुको मृत्यु भएको छ । अस्पतालको लापरवाहीका कारणा शिशुको मृत्यु भएको भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेको छ । गोरखा आरुपोखरीकी ३५ वर्षिया ज्ञानुकुमारी कुँवरले सामान्य प्रसूति (नर्मल डेलिभरी) गराएको शिशु मृत भेटिएको हो ।
सोमबार प्रसूति गृहमा भर्ना भएकी कुँवरले मंगलबार विहान शिशु जन्माएकी थिइन् । शिशुको डेलीभरी गराउनुअघिको स्वास्थ्य परिक्षणमा अस्पतालले शिशुको अवस्था सामान्य भने पनि शिशु जन्मिएपछि मृत्यु भएको थियो । शिशुका आफन्तलले अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै शव लिन अस्वीकार गरेका हुन् । यता अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले भने गर्भमा रहँदा शिशुको अवस्था सामान्य भए पनि जन्मने क्रममा घाँटीमा नाल बेरिँदा मृत्यु भएको बताए । निर्देशक डा. गौतमले शिशुको मृत्यु हुनुमा अस्पतालको कुनै गल्ती नभएको दाबी गर्दै आफन्तले शव लिन नमानेमा प्रहरीको जिम्मा लगाउने बताए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

