सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा बुधबार धनगढीमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरे।
मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताललगायत अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका दुई\दुई तथा बाजुरा र डोटीमा एक\एक गरी १६ वटा स्वास्थ्यचौकी तथा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।
सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिण्डरबाहेकका सुविधा नभएको अवस्थामा नयाँ खरीद गरिएका एम्बुलेन्समा फुल एसीसहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरणलगायतको सुविधा रहेको बताइएको छ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले भन्सार छुटसहित छ करोड २५ लाख १२ हजार रुपैयाँमा ती एम्बुलेन्स खरीद गरिएको जानकारी दिए।
सो अवसरमा मन्त्री सुवेदीले हस्तान्तरण गरिएका एम्बुलेन्सको सञ्चालनका लागि चाहिने खर्च तथा मर्मतसम्भारका लागि सम्बन्धित स्थानीय तहले नै व्यहोर्ने गरी एम्बुलेन्स सुम्पिएको बताए। आफ्नो सम्पत्तिजस्तै गरेर एम्बुलेन्सको सही सदुपयोग गर्न स्थानीय तहहरुलाई उनले आग्रह गरे।
मन्त्री सुवेदीले आगामी दुई महिनाभित्र ८८ वटै स्थानीय तहका प्रत्येक स्वास्थ्य संस्था तथा अस्पतालमा भिडियो एक्सरे गर्ने मेसिन उपलब्ध गराउने गृहकार्यमा सरकार लागिरहेको जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

