
जनस्वास्थ्य सरोकार, खस्यौली । कोरियाली संस्थाले लामखुट्टे र भुसुनालगायतका कीटाणु नष्ट गर्ने ‘फग मेसिन’ प्रदेश ५ सरकारलाई उपलब्ध गराएको छ।
कोरियन क्रुपी फाण्डेसनका अध्यक्ष ली साङ हुनले आज सो प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई मेसिन हस्तान्तरण गरेका हुन्।
फाउण्डेसनले ४५ लाख मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध गराएको हो। प्रति मेशिनको मूल्य एक लाख ५० हजार रुपैयाँ परेको बताइएको छ। यो मेसिनबाट डेंगु नियन्त्रणमा आउने विश्वास गरिएको छ।
त्यस्तै फाउण्डेसनले डब्लुएचओबाट प्रमाणीकरण भएको एक लाख मूल्य बराबरको औषधि पनि प्रदेश सरकारलाई उपलब्ध गराएको छ। सो संस्थाले गत वर्ष विराटनगरमा पनि मेसिन र औषधि वितरण गरेको थियो।
यो वर्ष काठमाडौंमा पनि महानगरपालिकाको स्वीकृतिमा सम्बन्धित संस्थाले औषधि छर्किने कार्य गरेको बताइएको छ । त्यस्तै रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको भैरहवा र सुनौलीमा पनि सम्बन्धित संस्थाले औषधि छर्किने छ। रूपन्देहीमा यो वर्ष डेंगुबाट मात्रै तीन जनाको मृत्यु भएको थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
