जनस्वास्थ्य सरोकार, काठमाडौँ । साउनयता मुलुकभर १४ हजार ६६२ जना डेंगुबाट संक्रमित भएका छन्। साउन १ गतेदेखि कार्तिक १८ गतेसम्मको तथ्यांक बुधबार सार्वजनिक गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकभर साढे तीन महिनाको अवधिमा सो संख्यामा मानिस डेंगुबाट संक्रमित भएको जनाएको हो।
महाशाखाका अनुसार यो साढे तीन महिनाको अवधिमा प्रदेश १ मा एक हजार २४६ जनामा डेंगु देखिएको छ। प्रदेश २ मा २६८, प्रदेश ३ मा सात हजार १५१ र गण्डकी प्रदेशमा तीन हजार ८०७जनामा डेंगु देखिएकाे छ। त्यस्तै प्रदेश ५ मा एक हजार ९७७, कर्णाली प्रदेशमा ७३ जना र सुदूरपश्चिम प्रदेशमा १४० जनामा डेंगुको संक्रमण महाशाखले जनाएको छ।
महाशाखाका अनुसार यो वर्ष डेंगुका कारण ६ जनाले ज्यान गुमाएका छन्। काठमाडौंमा दुई जना, सिन्धुपालचोक, सुनसरी, चितवन र डोटीमा १–१ जना गरी ६ जनाले डेंगुको संक्रमणबाट ज्यान गुमाएका हुन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ


