प्रदेश ३ सरकारले निकै नै महत्वका साथमा शुरुआत गरेको एक विद्यालय, एक नर्स कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न ९३ वटा विद्यालयमा प्रतिविद्यालय एक जनाका दरले स्टाफ नर्सलाई परिचालन गरिएको छ । उनीहरु आजबाटै तोकिएको विद्यालयमा खटिने जनाइएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत विद्यालयस्तरबाटै बालबालिकालाई सरसफाइ, स्वस्थ खानपान, किशोर किशोरी शिक्षालगायतका विषयवस्तुका बारेमा प्रशिक्षित गराउन तथा विद्यालयमा अध्ययनरत बालबालिकाको प्राथमिक स्वास्थ्योपचारका लागि स्वास्थ्य परिचारिकाका रुपमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिएको हो ।
सो कार्यक्रम अनुसार गत वर्ष नमूना योजनाका रुपमा प्रदेशका विभिन्न २० वटा विद्यालयमा २० जना नर्स नियुक्त गरिएको थियो ।
उक्त कार्यक्रम प्रभावकारी भएसँगै मन्त्रालयले हाल प्रदेशका अन्य ९३ वटा विद्यालयका लागि नर्स नियुक्त गरि परिचालन गरेको मन्त्रालयले जनाएको छ । प्रदेशका ११९ वटा स्थानीय तहका एक एक विद्यालयमा यो वर्ष नर्स नियुक्त गर्ने कार्यक्रम तय भएको र बाँकी नर्स पनि छनोट गरी पठाउने योजना रहेको प्रदेश ३ को स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रमेश अधिकारीले जानकारी दिए ।
प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले गत वर्ष नमुना कार्यक्रमका रुपमा लागू गरिएको विद्यालयमा कार्यक्रम निकै नै प्रभावकारी भएकाले आफूहरु उत्साहित भएको बताए । उनले प्रदेश सरकारले अघि सारेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी हुने दाबी गरे । मन्त्री दुलालले दीर्घकालीन सोचका साथ अघि बढाइएको कार्यक्रम प्रदेश ३ का सबै विद्यालयमा कार्यान्वयन गरिने बताए । रासस
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

