जनस्वास्थ्य सरोकार, कञ्चनपुर । चिकित्सकको अभावले कञ्चनपुरको महाकाली अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालमा डाक्टर नभएपछि अस्पतालमा बिरामी समेत आउन छोडेका छन् । सरकारले दरबन्दी अनुसारको विशेषज्ञ डाक्टर उपलब्ध गराउन नसकेपछि महाकाली अस्पताल बन्द हुने अवस्थामा पुगेको छ ।
अस्पताल प्रशासनका अनुसार १७ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा हाल स्त्रीरोग विशेषज्ञ डा.हरिकुमार श्रेष्ठ मात्रै कार्यरत छन् । मेडिकल सुपरिटेण्डेनका रुपमा रहेका डाक्टर श्रेष्ठको २ वर्ष पूरा भइसकेको छ भने समायोजनमा परेका डाक्टरसमेत हालसम्म अस्पतालमा हाजिर भएका छैनन् । दरबन्दी अनुसार विशेषज्ञ डाक्टरको पदपूर्ति नहुँदा बिरामीलाई सेवा दिन समस्या मात्र नभई अस्पताल सञ्चालनमै समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।
सरकारले दरबन्दीका डाक्टर पठाउन नसकेपछि अस्पताल विकास समितिले डा.धिरज जोशी र डा.मोहमद अहमद खानलाई नियुक्त गरेको छ । एक सय शैया सञ्चालनमा रहेको अस्पताल भौतिक संरचना अनुसार सुविधा सम्पन्न अस्पतालका रुपमा चिनिन्छ । तर अहिले एक जना मात्रै विशेषज्ञ डाक्टर भएकाले बिरामीको संख्या दिनप्रतिदिन घट्दै गएको छ । यस क्षेत्रका बिरामीहरु चर्को मूल्य तिरेर निजी क्लिनीक तथा भारतीय सीमावर्ती बजारस्थित अस्पतालहरुमा गएर उपचार गराउन बाध्य भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

