काठमाडौं : औषधि व्यवस्था विभागले खाद्यपूरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) बिरामीलाई सिफारिस नगर्न सूचना जारी गरेको विषयमा नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।
शुक्रबार विज्ञप्ति जारी गरी संघले कुनै पनि रोगको स्वास्थ्य उपचारका क्रममा बिरामीलाई आवश्यकता अनुसार डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स सिफारिस गर्ने अधिकार चिकित्सकहरूमा निहित रहेको संघले जनाएको छ।
चिकित्सकहरूले खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृति प्रदान गरेका खाद्यपूरक सामग्री बिरामीको रोग, उमेर र आवश्यकता अनुसार स्वास्थ्य उपचारमा सहयोगी सावित हुने गरी अन्तर्राष्ट्रिय मान्यता अनुसार सिफारिस गर्दै आइरहेको जानकारी गराएको छ।
यसअघि गत कात्तिक २२ गते विभागले सूचना जारी गर्दै डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स गैर कानुनी रूपमा आयात गरी औषधि पसलबाट गैरकानुनी रूपमा बिक्री भएको पाइएको भन्दै यस्ता औषधि पैठारी, बिक्री, सञ्चय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न सम्बन्धित सूचना जारी गरेको थियो।
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
