जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे निर्वाचित भएका छन्। उनले ३३१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी ओमप्रसाद उपाध्यायले २१७ मत ल्याए। उपाध्यक्षमा रामचन्द्र साह निर्वाचित भएका छन्। साहसहित दीपक मुडभरी र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए। महासचिवमा दीपकराज भट्ट निर्वाचित भएका छन्। महासचिवमा भट्ट र शंकर कँडेल चुनावी मैदानमा थिए । यसैगरी महिला उपाध्यक्षमा रमिला चौलागाईं विजयी भएकी छिन्। उनले निरा निरौलालाई हराएकी हुन्। कोषाध्यक्षमा सुरेश पासवान विजयी भएका छन्। उनको प्रतिस्पर्धामा राजकुमार तिवारी थिए। संघको निर्वाचनमा ५७५ मत खसेको थियो। देशभरबाट आएका मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरेका थिए।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
