जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिंगो मुलुक नै कालापानीको विषयमा एकतावद्ध भइरहेको भन्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताउनुभयो ।
शिक्षामन्त्री पोखरेल भन्नुुहुन्छ- ‘यतिवेला सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा. साबले अनशनको बाटो लिने होइन । डा. केसीले अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलको धारणा छ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका छन् । केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरेका छन् ।
प्रहरीले डा. गोविन्द केसीलाई अनशनस्थल सार्न दबाब दिएको छ। तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
