जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको थप उपचारको विकल्प खोज्ने क्रममा निजी चिकित्सक डाक्टर दिव्या सिंह शाह अमेरिका पुगेकी छिन्।सिंगापुरको नेशनल युनिभर्सिटि हस्पिटलमा गत साउन र भदौमा मृगौलाको चेकजाँच र ‘प्लाज्मा फेरेसिस’ गराएका प्रधानमन्त्री ओलीको कात्तिक १३ गते काठमाडौंको ग्राण्डी अस्पतालमा डायलासिस गरिएको थियो।
प्रधानमन्त्रीको मृगौलाको डायलासिस निरन्तर गरिराख्ने वा फेरि मृगौला प्रत्यारोपण गर्ने भन्ने विकल्प सम्बन्धमा अहिले दिव्या सिंह शाहसहितका चिकित्सकले अध्ययन गरिरहेका छन्।
फेरि प्रत्यारोपण गर्ने हो भने पहिले उपचार गरेको सिंगापुरको नेशनल युनिभर्सिटि हस्पिटल नै जाने वा अन्य ठाउँमा जाने भन्ने छलफल चलिरहेका बेला दिव्या अमेरिकी गएकी हुन्।
कुनै एउटा गोष्ठीमा सहभागी हुने बाहनामा केही दिनअघि अमेरिका गएकी सिंहले त्यहाँ संभावित अस्पताल र उपचारका विकल्पबारे अध्ययन गरिरहेको प्रधानमन्त्री निकट नेकपाका एक जना स्थायी कमिटी सदस्यले बताए।
‘प्रत्यारोपण गर्ने विकल्पमा जाँदा कुन अस्पतालमा गर्दा सुरक्षित र सहज हुनसक्छ भनेर अध्ययन गर्न संभवतः दिव्यालाई अमेरिका पठाइएको हो’, स्थायी कमिटीका ती सदस्यले भने, ‘केही दिनमा उनी फर्केपछि यसबारे अलि प्रष्ट हुनेछ।’
दिव्या उतै रहेका बेला प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि अमेरिका गएका छन्। भट्टराई अर्को एउटा कार्यक्रममा सहभागी हुने क्रममा आइतबार अमेरिका गएका हुन्।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ


