जनस्वास्थ्य सरोकार, पाल्पा : प्रदेश ५ मै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सफल पूर्वखोला गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने भएको छ।
पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका वेला हुनसक्ने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने निर्णय गरेको हो। सुत्केरी भएको तीन वा सात दिनमा घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए।
आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको छ। नर्सलाई दूरीको हिसाबले २०० देखि ५०० रुपैयाँसम्म यातायात खर्च दिने र सुुत्केरी अवलोकन गरी फाराम भरेर रिपोर्ट गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयमा बुझाउनुपर्ने गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मोहन ढकालले जानकारी दिए।
सुत्केरीले स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गरेमा एक क्यारेट अण्डा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। गाउँपालिकालाई कात्तिक ७ गते प्रदेश ५ मै ‘पूर्ण संस्थागत सुत्केरी गाउँपालिका’ घोषणा गरिएको थियो।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

