जनस्वास्थ्य सरोकार, पाल्पा। उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा तनाव भएको छ । मृतकका आफन्तले अस्पताललाई उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् भने अस्पतालले उपचारका क्रममा एक्कासी आएको जटिलता भनेको छ ।
गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको आइतबार मृत्यु भएको हो । लुम्बिनी मेडिकल कलेजमा पाल्पामा शल्यक्रिया गर्दा जटिलता उत्पन्न भएपछि उनको थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लैजादै गर्दा मृत्यु भएको हो ।
एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटभित्र नशा फुटेर रगत जमेको थियो । जमेको रगत हटाइयो । नशा फुटेर बगेको रगत रोक्नका लागि नशाको शल्यक्रिया गर्न भैरहवा मेडिकल कलेजमा चिकित्सकसहित पठाइएको थियो । तर ज्यान बचेन । कलेजका वरिष्ठ सर्जर डा राजकुमार क्षेत्रीले भने ।
शनिबार सामान्य बिरामी भएपछि पाल्पामा उपचारका लागि ल्याएको र आइतबार बिरामीको शल्यक्रिया गर्दा गदै मृत्यु भएको मृतककी आमा रेश्मी रसालीले बताइन । उनले शल्यक्रिया गर्दा लापरवाही भएर आफ्नो छोरीको ज्यान गएको दावी गरिन ।
कलेजका प्रवक्ता कृष्ण पराजुलीले शल्यक्रियापछि थप उपचार आवश्यक रहेकोले भैरहवा लैजाँदा मृत्यु भएको बताए । पीडित र अस्पतालबीच पटक–पटक सहमतिका लागि वार्ता भएको छ । मृतकको शव अहिले पनि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६