
जनस्वास्थ्य सरोकार, धादिङ : गङ्गाजमुना गाउँपालिका– ५ स्थित फुलखर्कमा तीनदिने निःशुल्क आँखा शिविरमा ३९ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको छ।
फुलखर्क स्वास्थ्यचौकीमा शुक्रबारदेखि सञ्चालन गरिएको तीन दिने शिविरमा ३८२ को साधारण आँखा जाँच र ३९ को मोतियाविन्दुको शल्यक्रिया गरिएको निःशुल्क आँखा शिविर सञ्चालन समितिका संयोजक नवराज अधिकारीले बताए।
आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका डा. कल्याण ढुङ्गाना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका निर्देशक एवं वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. कमलबहादुर खड्का सहभागी शिविरमा बिरामीलाई कालो चस्मा र खान जाउलो निःशुल्क वितरण गरिएको थियो।
फूलखर्क कल्याणकारी समाजको आयोजना, नेपाल रेडक्रस सोसाइटी फूलखर्क उपशाखा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
