जनस्वास्थ्य सरोकार, काठमाडौँ । ‘अफ्रिकन स्वाइन फिवर’ फैलिने खतरा बढेपछि दक्षिण कोरियामा ४७ हजार सुँगुर मारिएका छन्। रोगको त्रासले दक्षिण कोरिया प्रशासनले यति ठूलो संख्यामा सुँगुर मार्न लगाएको हो। सुँगुर मारिएपछि उत्तर कोरिया र दक्षिण कोरियाको सीमा नजिकै रहेको नदी इमजिन रगतले राताम्य भएको बीबीसीले जनाएको छ।
मारिएका सुँगुरलाई सीमा नजिकैको डम्पिङ साइडमा गाडिएको थियो। तर वर्षाका कारण त्यहाँबाट रगत बगेर नजिकै रहेको इमजिन नदीमा मिसिएको हो।
अफ्रिकन स्वाइन फिवर अति संक्रामक र उपचार सम्भव नभएको रोग हो। संक्रमित सुँगुर जीवित रहने सम्भावना हुँदैन। तर मानिसमा यसको संक्रमणको खतरानहुने बताइएको छ।
यो रोग फैलिएपछि चीन, भियतनाम र फिलिपिन्सलगायत एसियाका देश प्रभावित भएका छन्। यसैका कारण चीनमा मात्रै १२ लाख सुँगुर मारिएका छन्। एजेन्सी
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

