जनस्वास्थ्य सरोकार, म्याग्दी । धौलागिरि गाउँपालिका–२ लुलाङमा एक सुत्केरीको मृत्यु भएको छ। मंगलबार अपराह्न ललाङकी ३० वर्षीया सतिकला विकको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले जानकारी दिएका हुन्। विकले जन्माएको छोराको अवस्था भने सामान्य छ।
प्रसूतिपछि अत्यधिक रक्तचापका कारण विकको मृत्यु भएको हो। विकले सोमबार राति लुलाङ स्वास्थ्यचौकीमा बच्चा जन्माएकी थिइन्। मंगलबार बिहान सामान्य अवस्थामा घर गएकी विक आकस्मिक रूपमा बेहोस भएपछि आफन्तले स्वास्थ्यचौकीमा लगेका थिए । हेलिकप्टरबाट पोखरा लैजाने तयारी गर्दैगर्दा दिउँसो २ बजे विकको मृत्य भएको वडाध्यक्ष विकले बताए।
धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाएकी थिइन्। ‘पोखराबाट हेलिकप्टर उड्ने तयारी भएको अवस्थामा सुत्केरीको मृत्यु भएको खबर आयो’, गाउँपालिका अध्यक्ष पुनले भनिन्।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

