रोल्पा : होलेरी बजारमा रहेको होलेरी प्राथमिक स्वास्थ्य केन्द्र एक महिनादेखि चिकित्सकविहीन रहँदा स्थानीय मारमा परेका छन्।चिकित्सकको अभावमा उपचार र एक्सरे तथा भिडियो एक्सरे सेवा लगायत आवस्यक सेवा प्रभावित भएको छ।
कार्यरत डाक्टर कर्मचारी समायोजनका कारण सरुवा भएर अन्यत्रै गएको र आउनु पर्ने डाक्टर समयमा नआउँदा समस्या भएको स्वास्थ्य केन्द्रले जनाएको छ। बिरामीहरूलाई उचित स्वास्थ्य सेवा र सबै औषधि दिन नसकेको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख बुद्धिजीवी सिजवालले स्वीकार गरे।
गाउँपालिकामा चालु आर्थिक बर्षको बजेट निकासीमा ढिलाइ भएकोले समयमा औषधि खरिद गर्न नसकेको स्वास्थ्य संयोजक गणेशबहादुर बुढाले बताए। चिकित्सककाे विषयमा सम्बन्धित निकायमा पहल गरिरहेको उनकाे भनाइ छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

