जनस्वास्थ्य सरोकार । विश्व मधुमेह दिवस २०१९ को अवसरमा केन सेन्टरले मधुमेह र मिर्गौलासम्बन्धित निःशुल्क स्वास्थ्य परीक्षण र जनचेतना कार्यक्रमको आयोजना गरेको छ । केन सेन्टरको केन्द्रिय कार्यालय काठमाडौं र केन हेल्थ केयर सेन्टर बुटवलमा गरी ४ सय १८ जनाको मधुमेह र मिर्गौला परीक्षण गरिएको थियो । काठमाडौं र बुटवलमा मधुमेह र मिर्गौला परीक्षण गर्दा बुटवलमा २६३ जनामध्ये ६० जनामा मधुमेहको समस्या भेटियो । सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले मधुमेहप्रति बेलैमा सचेत हुन सकेमा सम्भावित खतराबाट बच्न सकिने बताउनुभयो । सेन्टरका डाक्टरहरु बजरंग रौनियार र डा. नरेश पराजुलीले मधुमेहले मिर्गौला, मुटु, आँखा, मस्तिष्कजस्ता महत्वपूर्ण अंगलाई असर गर्ने भएकाले स्वस्थ्यकर जीवनशैलीमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । केन सेन्टर बानेश्वरले खानाको प्रदर्शनी गरी खानासम्बन्धि जानकारीसमेत दिएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
