जनस्वास्थ्य सरोकार खाेटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा विद्यालय नर्स कार्यक्रम शुरु गरिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत जिल्लाका सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम शुरु गरिएको हो। विद्यालय उमेर समूहका बालबालिकालाई स्वास्थ्यसम्बन्धी ज्ञान दिएर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्न प्रदेश सरकारले ‘विद्यालय नर्सिङ’ कार्यक्रम ल्याएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयले एक नर्स उपलब्ध गराएपछि केही समयपछि नै विद्यालय नर्स कार्यक्रम नियमितरूपमा सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले बताए। हरेक सामुदायिक विद्यालयमा एक नर्स राख्ने व्यवस्थाअनुसार प्रदेश नं १ का १४ सामुदायिक विद्यालयमध्ये जिल्लाको सरस्वती माविले ‘विद्यालय नर्सिङ’ कार्यक्रम सञ्चालन गर्ने अवसर पाएको हो। जिल्लाकै सबैभन्दा पुरानो सरस्वती माविमा विद्यालय नर्स, डिजिटल विद्यालय तथा विद्यालय स्वास्थ्य कार्यक्रम एकैसाथ शुरु गरिएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको सो विद्यालयलाई पछिल्लो समय शैक्षिक, भौतिकलगायत विभिन्न हिसाबले जिल्लाकै नमूना विद्यालयका रूपमा स्थापित गरिएको छ। सो विद्यालयमा ७६ वर्षीया वृद्धा जुरीमाया राईसँगै निजी विद्यालय छाडेर आउने विद्यार्थीसमेत अध्ययनरत छन्। पढ्नका लागि उमेरले छेक्दैन भन्ने सन्देश दिँदै हाल कक्षा २ मा अध्ययनरत केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी जुरीमायालाई सो कार्यक्रममा दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियाे। सरस्वती माविको पाङ्गणमा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसार्इंलगायतले ब्यानरमा हस्ताक्षर गर्दै विद्यालय नर्स कार्यक्रम उद्घाटन गरेका थिए। रासस
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
