जनस्वास्थ्य सरोकार, गुल्मी । गुल्मीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। गुल्मीको मालिका गाउँपालिका-६ अर्जेबाट मालिका गाउँपालिका-५ छाप जाँदै गरेको लु १ झ ३३४ नम्बरको एम्बुलेन्स अर्जेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
दुर्घटनामा मालिका गाउँपालिका-५ का चालक तुल्सीराम भण्डारी, १६ वर्षीय जगत परियार र १७ वर्षीय केशव अर्याल घाइते भएका छन्। घाइतेमध्ये जगत परिवारको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।
घलेका अनुसार एम्बुलेन्स अनियन्त्रित भएर सडकदेखि ४० मिटर तल झरेको छ। घाइतेको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

