जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्य मन्त्री फेरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु पदस्थापन र हेरफेरसँगै स्वास्थ्य मन्त्रीमा भानुभक्त ढकाल र स्वास्थ्य राज्यमन्त्रीमा नवराज रावतलाई जिम्मेवारी दिइएको छ । यसअघिका स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुनमन्त्रीमा पदस्थापन गरिएको छ भने स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई मन्त्री मण्डलबाट हटाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री ढकाल र राज्यमन्त्री रावतको पदवहाली संगै गर्ने तयारी भएको छ । राज्यमन्त्री रावतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिईसकेपछि दुबै जना पदवहालीका लागि मन्त्रालय पुग्ने सचिव खगराज बरालले जानकारी दिनुभयो । नव नियुक्त मन्त्रीहरुको सपथ राष्ट्रपति कार्यालयले विहान ११ बजेका लागि तोकेको छ । स्वास्थ्य मन्त्री ढकालको जिम्मेवारी परिवर्तन मात्रै भएकोले सपथ लिनु पर्दैन तर रावत नयाँ नियुक्त भएकाले सपथ लिनु पर्ने छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
