जनस्वास्थ्य सरोकार,झापा। झापाको दमकस्थित एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा नयाँ संरचनाबाट सेवा शुरु भएको छ । काउन्टर, प्रयोगशाला, फार्मेसी तथा बहिरङ्ग सेवा नयाँ भौतिक संरचनाबाट एकैसाथ सञ्चालनमा ल्याइएको हो ।
प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त रु २६ लाखको लागतमा ती संरचनाहरु निर्माण गरिएका अस्पतालले जनाएको छ । अस्पताल परिसरमा आज आयोजित कार्यक्रममा झापा क्षेत्र नं ५ (ख)का प्रदेशसभा सदस्य अर्जुन राई र नगरप्रमुख रोमनाथ ओलीले नयाँ भवनको संयुक्त रुपमा उद्घाटन गरे ।
अस्पताल सञ्चालक समिति अध्यक्ष तथा नगर उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा कार्यक्रममा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर तपनकुमार साहले अस्पतालमा क्रमिक रुपमा भौतिक पूर्वाधारको विकास भइरहेको र अब थप जनशक्तिको आवश्यकता रहेको बताए । हाल अस्पतालमा दैनिक ३०० देखि ५०० जनासम्म बिरामीले सेवा लिने गरेको उहाँले जानकारी दिए।
अस्पतालका लागि नयाँ सुविधासम्पन्न अर्को भवन निर्माणको प्रक्रिया पनि शुरु भएको नगरपालिकाले जनाएको छ ।
अस्पतालमा ६० कोठाको नयाँ सुविधासम्पन्न अस्पताल निर्माणका लागि अर्थमन्त्रालयले रु.२७ करोड बजेट स्वीकृत गरिसकेको नगरपालिकाका सबइन्जिनीयर कमल दाहालले जानकारी दिए । उनले प्रस्तावित नयाँ भवनका बारेमा जानकारीसमेत गराएका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

