जनस्वास्थ्य सरोकार, कैलाली । टिकापुर नगरपालिकाले आफ्ना नगरबासीलाई रगत तथा रगततत्व निशुल्क उपलव्ध गराउने निर्णय गरेको छ । अन्यत्र भने स्वयंसेवी रक्तदाताबाट निशुल्क रुपमा लिइने रगत बिरामीलाई दिँदा विभिन्न परीक्षणका नाममा शुल्क लिइने गरिएको छ । टिकापुर नगरपालिकाले त्यसरी लाग्ने शुल्क आफूले व्यहोर्ने बताएको हो ।
यस्तै देवदह नगरपालिकाले पनि आफ्ना नगरबासीका लागि रगत र रगततत्व निशुल्क गर्ने घोषणा गरेको छ । कैलालीको टिकापुरमा भएको नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय बैठकमा नगरप्रमुख हिराबहादुर खत्रीले सो घोषणा गरेका हुन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा कैलालीको आयोजनामा भएको उक्त बैठकले रगत र रगत तत्व उपलव्धता सम्वन्धी विभिन्न १८ बुँदे ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने समेत निर्णय गरेको छ ।
सोही अवसरमा समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रगत र रगततत्व निशुल्क गर्ने निर्णय गरेका टिकापुरका मेयरलाई तपेन्द्रबहादुर रावललाई सम्मान गरेका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

