जनस्वास्थ्य सरोकार , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भए पछि महारजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको सीसीयु (सर्किट केयर युनिट) मा भर्ना गरिएको छ । प्रधानमन्त्री निवास वालुवाटर स्रोतका अनुसार सोमबार राती पेट दुखेपछि उनी मंगलबार बिहानै अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण क्रममा एपेन्डिसाइटिस देखिएपछि आजै शल्यक्रिया गर्ने तयारी भइरहेको प्रेस सल्लाहकार सुर्य थापाले बताए । ठूलो आन्द्रा र सानो आन्द्राको छेउमा तलपट्टी हुने चार इन्चजति लामो नलीलाई एपेन्डिस भनिन्छ। यो पेटको दाँयातिर तल्लो भागमा हुन्छ।
एपेन्डिसको काम के हो भन्ने निश्चित छैन। कतिपय अनुसन्धानमा पनि यो शरिरमा काम नलाग्ने अंग भएको र मानव विकासका क्रममा आफैं हराएर जाने बताएका छन्। कतिपयले एपेन्डिस राम्रा जीवाणुको ‘स्टोर हाउस’ भएकोर यसले मान्छेलाई झाडापखाला भएपछि पाचन प्रणालीलाई दुरूस्त पार्न सहयोग गर्ने बताएका छन्। एपेन्डिस फुट्यो वा संक्रमणमा भयो भने सहन नसक्ने गरी पेट दुख्छ। त्यसपछि डाक्टरहरूले शल्कक्रिया गरेर एपेन्डिसलाई काटेर फालिदिन्छन्। यो सामान्य शल्यक्रियामात्र हो। यसअघि आइतबार प्रधानमन्त्री ओलीको मिर्गौलाको चौथो डायलासिस भएको थियो। गत कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १४ गते बालुवाटार फर्किएका थिए। अस्पतालमै दुई पटक डायलासिस भएको थियो भने त्यसपछि पनि दुई पटक डायलासिस भएको छ। चिकित्सकहरूले प्रधानमन्त्रीलाई नियमित डायलासिस वा मिर्गौलाको दोश्रो प्रत्यारोपण गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौलाको प्रत्यारोपण भएको थियो।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
