
जनस्वास्थ्य सरोकार, काठमाडौं : एपेन्डिसाइटिसको अप्रेसनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आईसीयू’मा सारिएको छ। त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन गरिएकाे हाे। त्रिवि शिक्षण अस्पतालका डा. रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेसन गरेकाे हाे। प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा. दिव्या सिंहको टोली पनि अप्रेसन थिएटरमै रहेकाे थियाे। आईसीयूमा रहेका प्रधानमन्त्री ओलीलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने भएको छ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेसन गरेको हो।प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेसनका लागि त्रिवि शिक्षण अस्पतालबाट डा. भण्डारीको नेतृत्वमा चिकित्सक मगाइएको थियो।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
