जनस्वास्थ्य सरोकार, काठमाडौं । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यवस्था स्थिर रहेको जनाएको छ । आज बेलुका ७.३० बजे दोस्रोपटक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्था स्थिर रहेको जनाएको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ठ श्रेष्ठद्धारा जारी विज्ञप्तीमा प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रियापश्चात् सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ । प्रधानमन्त्री ओलीको मंगलबार दिउँसो महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको हो । पेट दुखेपछि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि सेन्टरमा लगिएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
