जनस्वस्थ्य सरोकार, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझेका छन् । आज साँझ सेन्टर पुगेका अध्यक्ष दाहाललाई उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे विस्तृत जानकारी गराएका थिए । शल्यक्रिया पछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। स्वास्थ्यलाभका लागि प्रधानमन्त्री केही दिन सेन्टरमा नै रहने छन्। प्रधानमन्त्री ओलीको मंगलबार दिउँसो महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको हो । पेट दुखेपछि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि सेन्टरमा लगिएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
