जनस्वास्थ्य सरोकार, काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेन्टिलेटरमा राखिएको छ । अहिले उहाँको स्वास्थ्यवस्था स्थित भएको अस्पताले जनाएको छ । त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मंगलबार बिहान प्रधानमन्त्रीको एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको थियो । शल्यक्रियापछि प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै बस्नुपर्ने उहाँका स्वास्थ्य सल्लाहकार प्रा.डा अरुण सामयीले बताउनुभएको छ । प्रधानमन्त्री वली मिर्गौला पीडित हुनुहुन्छ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्रीको नियमित हेमोडायलासिस भइरहेको छ । उहाँको चौथो पटक मंसिर ८ गते ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको भएको थियो। प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस भएको थियो। दुवै मिर्गौला विफल हुँदा सातामा दुई देखि तीन पटकसम्म डायलासिस गर्नुपर्ने भएपनि प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआएकाले असहज महसुस भएकाले बेला डायलासिस गरिँदै आएको छ। गत कात्तिक १३ र १४ गते उहाँको चौबिस घण्टामा दुईपटक डायलासिस गरिएको थियो।
२०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आउनुभएको छ । गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।
१२ वर्षअघि मिर्गौला विफल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ। नियमित डायलासिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा चिकित्सक निर्णयमा पुग्न सकेका छैनन्।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
