जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको चावहीलमा रहेको ॐ अस्पताल एण्ड रिसर्च सेन्टरमा बाथरोग सम्बन्धि बिशेषज्ञ उपचार सेवा शुरु भएको छ ।
भारतको नयाँदिल्ली स्थित एम्सबाट इन्टरनल मेडिसिनमा एमडी तथा चण्डिगढ स्थित पिजिआई बाट र्युमाटोलोजिमा डिएम गर्नुभएका बाथरोग बिशेषज्ञ, डा. साकेत झा ॐ अस्पतालमा उपलब्ध हुनुहुन्छ ।
डा. झालाई नियमित रुपमा आइतबार देखी शुक्रबार साताको ६ दिन, बिहान ८ः३० देखी ९ः३० बजेसम्म र साँझ ३ देखी ५ बजेसम्म ॐ अस्पतालमा भेट्न सकिने छ ।
नेपाली चिकित्सकहरु मध्ये र्युमाटोलोजिमा डि एम गर्नुभएका डा.झा असाध्य भनिएका र दीर्घ रोगका रुपमा बाथरोगबाट पीडितहरुको उपचारमा खास दख्खल राख्नुहुन्छ ।
बाथ रोगको समस्या भयावह रुपमा रहेको अवस्थामा नेपालमा नै सहि उपचारकालागि बिशेषज्ञ सहितको उपचार सेवा प्रदायकका रुपमा ॐ अस्पताल आउनुलाई स्वास्थ्य क्षेत्रले ठूलो उपलब्धिको रुपमा लिएको छ ।
काठमाडौं उपत्यका तथा देशका बिभिन्न शहरमा रहेका साना ठूला अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरुसँग सहकार्य गरी मोफसलका बाथरोगका बिरामीहरुकालागि समेत सुलभ रुपमा बाथरोग उपचार सेवामा योगदान दिने अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले बताउनुभयो ।
अस्पतालले केही समय अघि लामो समयदेखी उपचारमा रहेका बाथरोगीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गरेको थियो । बिरामी तथा आफन्तजनको बिशेष अनुरोधमा अस्पतालले आगामी बिहिबार बिहान ८ः०० बजे देखी १०ः०० बजेसम्म र अपरान्ह २ः०० बजे देखि साँझ ५ः०० बजेसम्म पनि बाथरोगका बिरामीहरुकालागि निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
