नेभिगेशन

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएपछि ‘भ्यान्टिलेटर हटाइयो’ [अपडेट]


जनस्वास्थ्य सरोकार, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएपछि भ्यान्टिलेटर हटाइएको छ । चिकित्सकको चौबिसै घन्टामा निगरानीमा रहेका ओलीको बुधबार विहान भ्यान्टिलेटर हटाइएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्यमा सुधार भएपछि भ्यान्टिलेटर राख्नुनपर्ने भएको जानकारी दिए । यद्यपि, पेटलगायत शरीरको विभिन्न भागमा संक्रमण बढ्न नदिन औषधी चलाइएको छ । पेट दुख्ने समस्याका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार आकस्मिक रुपमा महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर ट्रान्स्प्लान्ट सेन्टरको भेन्टिलेटरमा राखिएको थियो । ओलीको हिजै एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट