जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटी बधाइ तथा शुभकामना दिएको छ । संघका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ, महासचिव शुभमान श्रेष्ठलगायतको टोलीले कार्यकक्षमा पुगेर मन्त्री ढकाललाई बधाई तथा शुभकामना दिएको हो ।
सो अवसरमा मन्त्री ढकालले असरदार र गुणस्तयुक्त औषधिहरु सर्वसुलभ तरिकाले जनतासमक्ष उपलब्ध गराउने र कुनै पनि नेपालीलाई आर्थिक अभावमा औषधि सेवन गर्नबाट बञ्चित हुन नदिन औषधि व्यवसायीहरुको साथ र सहयोगको खाँचो भएको बताउनुभयो ।
मन्त्री ढकालको कार्यकालको सफलताको शुभकामना दिँदै नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ र महासचिव सुभमान श्रेष्ठले औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखालगायतका देशभर रहेका औषधि व्यवसायीहरुको तर्फबाट सुखी नेपाली र समृद्ध नेपालका लागि मन्त्रीको सोच र अभियानमा पूर्ण साथ र सहयोग रहने बताउनुभयो । 
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
