जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालका डाक्टरलाई प्रहरीले हिरासतमा लिएको विषयप्रति नेपाल चिकित्सक संघले गम्भिर ध्यानाकर्षण गरेको छ।
संघले मुलुकी अपराध संहिता ऐन र मुलुकी फौजदारी कार्यविधि अनुसार अनुसन्धान नगरी सोझै डाक्टर पक्राउ गरेकोमा आपत्ति जनाएको हो। संघले मुलुकी संहितामा भएको व्यवस्था अनुसार अनुसन्धानलाई अगाडि बढाउन माग गरेको छ।
संघले डाक्टरमाथि लागेको आरोपका विषयमा ऐन अनुसार अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ सदस्य अनुसन्धान समिति गठन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै सरकारको ध्यानाकर्षण गराएको हो। संघले यो विषयमा गृह मन्त्रालयमा समेत पत्र बुझाएको छ।
प्रहरीले मेडिसिटीका एक डाक्टरलाई बिरामी महिलामाथि बलात्कार प्रयास गरेको उजुरीका आधारमा पक्राउ गरेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
