जनस्वास्थ्य सरोकार, काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। तर उनलाई उपचारका लागि थप एक साता अस्पतालमै राखिने भएको छ।
चिकित्सकहरूले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी ओली खतरामुक्त रहेको बताएका हुन्। घाउ निको हुन कम्तीमा १० दिन लाग्ने भएकाले अझै एक सातासम्म आईसीयूमै राखेर उपचार गर्ने निष्कर्षमा पुगेकाे उनीहरूले बताए।
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डा.अरुण सायमी र डा. दिव्यासिंह शाह, सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, शल्यचिकित्सक रमेशसिंह भण्डारी र क्रिटिकल केयर डाक्टर सुरज आचार्य थिए।
प्रा. डा. भण्डारीले प्रधानमन्त्री ओलीको स्वास्थ्य क्रमश: सुधार हुँदै गएकाले अझै एक साता अस्पतालमै राखेर उपचार गरिने जानकारी दिए।
सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ सर्जन प्रा. डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्रीको आकस्मिक शल्यक्रिया गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

